आफन्त गुमाएर बाँचेकाहरुलाई शान्तिले शोक मनाउन दिनुहोस्
kalakarmi.com · Sat Aug 15 03:38:25 GMT 2026

काठमाडौं– सञ्चार माध्यम तथा सामाजिक सञ्जालका पर्दाहरू यतिबेला पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको खबरले तातेका छन् । उनी हालै प्रकाशित अथवा प्रसारित कुनै नयाँ समाचार र त्यससँग जोडिएका घटनालाई लिएर कानुनी दायरामा आएका हुन् ।
मुद्दा नयाँ हो, सन्दर्भ वर्तमानको हो र यसको निरूपण कानुनी प्रक्रियाबाटै हुनु पर्छ । तर, श्रेष्ठ पक्राउ पर्नासाथ सामाजिक सञ्जालमा फेरि एकपटक दुई दशकभन्दा अघि देह त्याग गरिसकेकी तत्कालीन चर्चित अभिनेत्री स्वर्गीय श्रृषा कार्कीको तस्विर, उनको मृत्युको समयका समाचारका स्क्रिनसट तथा सनसनीपूर्ण विवरणहरूको बाढी आएको छ । जसको नाम वर्तमान मुद्दामा कतै जोडिएको छैन । जसले दुई दशकअघि नै संसार छाडिसकिन्, तिनै मृत पात्रलाई फेरि एकपटक डिजिटल कठघरामा उभ्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)