फलफूल उत्पादक किसानलाई अनुदान
newsofnepal.com · Sat Aug 15 04:17:37 GMT 2026

स्याङ्जा । स्याङ्जा जिल्लाका फलफूल उत्पादक किसानलाई गएको आर्थिक वर्ष २०८२÷८३ मा २ करोडभन्दा बढी अनुदान दिइएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत फलफूल उत्पादक र पशुपालक कृषकलाई २ करोड ३३ लाख ४३ हजार रुपैयाँ अनुदान दिइएको हो
। सुन्तला तथा कफी सुपरजोन, आँप–लिची, मसलाबाली, अदुवा–बेसार र भैँसी जोन कार्यक्रममा आबद्ध जिल्लाभरका कृषकलाई अनुदान प्रदान गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)