निष्क्रिय कर्जा बढ्दा नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ३६.५९ प्रतिशतले घट्यो, ५ अर्ब बढी सञ्चित नोक्सानी
clickmandu.com · Sat Aug 15 04:38:57 GMT 2026

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफामा ठूलो गिरावट आएको छ । कर्जा नोक्सानी व्यवस्था (इम्पियरमेन्ट चार्ज) मा भएको उच्च वृद्धि र खुद ब्याज आम्दानीमा आएको संकुचनका कारण बैंकको खुद नाफामा उल्लेख्य गिरावट देखिएको हो ।
गत आवमा बैंकले २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ४ अर्ब ३३ करोड २२ लाख रुपैयाँको तुलनामा ३६.५९ प्रतिशतले कम हो । खुद नाफा घटेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि अघिल्लो वर्षको १२.६९ रुपैयाँबाट घटेर ८.०५ रुपैयाँमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)