इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनीसँगै लगातार परकम्प
kalakarmi.com · Sat Aug 15 04:55:58 GMT 2026

जकार्ता- इन्डोनेसियामा शनिवार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ३ बजेर २८ मिनेटमा गएको भूकम्प ४९ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको थियो ।
भूकम्पको केन्द्रबिन्दु ८.५५७ डिग्री दक्षिण अक्षांश र १२१.१८१ डिग्री पूर्वी देशान्तरमा रहेको एनसीएसले जनाएको छ । शक्तिशाली भूकम्पपछि युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)ले सुनामीको चेतावनीसमेत जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)