जलनपीडितलाई निःशुल्क उपचार
barnanmedia.com · Sat Aug 15 04:54:08 GMT 2026

सिन्धुलीका दुई स्थानीय तहले आगलागी तथा अन्य कारणबाट हुने जलनका बिरामीको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिकाले जलनपीडितको उपचारका लागि कीर्तिपुर अस्पतालसँग सहकार्य गरेका हुन् । दुधौली नगरपालिकाले आफ्नो क्षेत्रका स्थायी बासिन्दा तथा नगरपालिकामा कार्यरत कर्मचारीको जलनसम्बन्धी उपचार निःशुल्क गराउने उद्देश्यले जनस्वास्थ्य सरोकार ट्रस्ट नेपाल अन्तर्गतको कीर्तिपुर अस्पतालसँग बिहीबार सम्झौता गरेको जनाएको छ ।
सम्झौता अनुसार दुधौली नगरपालिकाले ‘दुधौली जलन उपचार कोष’ स्थापना गरी कीर्तिपुर अस्पतालमा उपचार गराएका सम्बन्धित बिरामीको उपचार खर्च उक्त कोषमार्फत बेहोर्ने व्यवस्था गरेको नगरपालिकाका प्रवक्ता दीपक खड्काले जानकारी दिनुभयो । नगरपालिकाका स्थायी बासिन्दा भएका नागरिकसँगै दुधौली नगरपालिकामा कार्यरत कर्मचारीले पनि यो सुविधा पाउने छन् । उपचारका लागि आर्थिक अभावका कारण जलनपीडितले स्वास्थ्यसेवा लिनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)