जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले स्वरोजगार उद्यमका लागि ५० लाखसम्म कर्जा पाउने
himalpress.com · Sat Aug 15 05:43:46 GMT 2026

काठमाडौँ- सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ।संशोधित कार्यविधिमा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)