सातै प्रदेशमा ‘शिक्षा संवाद’, आज विराटनगरबाट सुरु
kendrabindu.com · Sat Aug 15 05:45:22 GMT 2026

प्रस्तावित शिक्षा ऐनबारे शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
मन्त्रालयको ‘शिक्षा संवाद’ अभियान आज शनिबार विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयबाट सुरु हुँदैछ। बिहान ११ बजे हुने कार्यक्रममा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाका सुझाव संकलन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)