परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
baahrakhari.com · Sat Aug 15 05:50:00 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशंकर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति शुभकामना व्यक्त गरेका छन् ।
नेपाल र भारतबीच ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उनले आगामी दिनमा नेपाल–भारतबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)