टिभी जर्नालिस्टले भनिन्- पत्रकार किशोर श्रेष्ठको नाम सुन्ने बित्तिकै साथी श्रीषाको याद आउँछ
canadanepal.com · Sat Aug 15 05:51:58 GMT 2026

काठमाडौँ -सुष्मा श्रेष्ठ केसीले सामाजिक सञ्जालमा पोखेको एक भावुक स्टाटस हाल चर्चाको विषय बनेको छ। सञ्चारकर्मी समेत रहेकी सुष्माले स्वर्गीय नायिका श्रीषा कार्कीसँगको आत्मीय सम्बन्ध र त्यसबेला पत्रकारिता क्षेत्रबाट भोगेको पीडਾलाई स्मरण गर्दै पत्रकारिताको मर्यादामाथि गम्भीर प्रश्न उठाइन्।
स्टाटसका अनुसार, नायिका श्रीषा कार्की र सुष्मा छोटो चिनजानमै घनिष्ठ साथी बनेका थिए। नागपोखरीस्थित 'यंग एसिया टेलिभिजन'को अफिसबाट फर्किने क्रममा सुष्मा अक्सर पुतलीसडकस्थित श्रीषाको 'श्री ब्युटी पार्लर' पुग्ने गर्थिन्। दशैंको समयमा श्रीषाले आत्महत्या गरेको त्यो पीडादायी घटना सम्झँदा आज पनि आफ्नो मन भारी हुने सुष्माले उल्लेख गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)