ग्यास लिन नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य भनेपछि चौतर्फी आलोचना
ratopati.com · Sat Aug 15 05:59:14 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यास वितरणलाई व्यवस्थित बनाउन भन्दै ग्यास लिन आउँदा नागरिकता तथा परिचयपत्र अनिवार्य गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत नागरिकहरूले यस व्यवस्थाप्रति असन्तुष्टि जनाइरहेका छन् ।
निगमले शुक्रबार एक सूचना जारी गर्दै शनिबार काठमाडौँ उपत्यकाका पाँच स्थानमा विभिन्न उद्योगका ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जानकारी गराएको थियो । उक्त सूचनामा ग्यास लिन आउँदा नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य लिएर आउन भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)