महिनादिनदेखि मेची राजमार्ग ठप्प, राजदुवालीको पहिरोले पूर्वी पहाडको जनजीवनदेखि भान्सासम्म प्रभावित
kalakarmi.com · Sat Aug 15 06:04:05 GMT 2026

इलाम- पूर्वी पहाडलाई तराईसँग जोड्ने प्रमुख सडकका रूपमा रहेको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोला–राजदुवाली सडकखण्ड महिनादिन बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
पहिरो र सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग अझै सामान्य अवस्थामा फर्किन नसक्दा इलामसँगै पाँचथर र ताप्लेजुङको झापासँगको नियमित सडक सम्पर्क प्रभावित बनेको छ । राजदुवालीमा यसपटक समस्या सामान्य पहिरो पन्छाएर सडक खुलाउने खालको मात्र छैन, सडकको ठूलो हिस्सा भासिएर खोलातर्फ बगेको छ भने माथिल्लो भागमा समेत जमिन धसिने क्रम रोकिएको छैन । निरन्तरको वर्षा, कमजोर भू–बनोट र सडक आसपासको जमिन अस्थिर हुँदा निर्माण तथा मर्मतको काम अघि बढाउनसमेत कठिनाइ भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)