बस र माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना घाइते
ratopati.com · Sat Aug 15 06:27:42 GMT 2026

नुवाकोट । शिवपुरी गाउँपालिका -०७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
आज बिहान अन्दाजी ८:२५ बजे बा.प्र.०८-१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा.प्र.३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो । ठक्करपछि ईभी भ्यान र बस सडकबाट अन्दाजी ३०/४० मिटर तल भिरमा खसेको थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)