विमलेन्द्रको प्रस्ताव : देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न हुनुपर्छ
kendrabindu.com · Sat Aug 15 06:28:37 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै चुलिएको आन्तरिक विवाद फेरि सतहमा आएको छ। पार्टीको संस्थापन पक्षले नियमित महाधिवेशन र निर्वाचनकेन्द्रित तयारीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएको देखिन्छ भने इतर पक्षले पार्टीभित्रको विद्यमान संकट समाधानका लागि विशेष महाधिवेशनको आवश्यकता औँल्याउँदै आएको छ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय भेलामा ‘राजनीतिक प्रतिवेदन तथा प्रस्ताव’ प्रस्तुत गर्दै पार्टीभित्रको वर्तमान अन्योल र विभाजनलाई चिर्न देउवाकै नेतृत्व अपरिहार्य रहेको जिकिर गर्दै २०८२ पुसमा गरिएको भनिएको ‘विशेष महाधिवेशन’ लाई अवैधानिक र षड्यन्त्रमूलक ठहर भनेका छन् ।
उनले सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कार्यसमिति र महामन्त्रीद्वयबाट चालिएका पछिल्ला कदमप्रति गम्भीर प्रश्न उठाइएको छ। प्रतिवेदनले विशेष महाधिवेशन बोलाउने प्रक्रिया विधानविपरीत, अस्वाभाविक र पार्टी कब्जा गर्ने रणनीतिका रूपमा अघि बढाइएको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)