एसियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली
ratopati.com · Sat Aug 15 06:52:08 GMT 2026
काठमाडौँ । एक समय एसियाली खेलकुदमा नेपालका बक्सिङ खेलाडीले सुखद नतिजा दिएको गर्विलो इतिहास छ । सात दशकभन्दा बढी लामो इतिहास बोकेको एसियाली खेलकुदको १९औँ संस्करण सम्पन्न हुँदा नेपालले बक्सिङमा ६ वटा काँस्य पदक जितिसकेको छ । जुन नेपाली खेलकुदका लागि यो सफलता दिने दोस्रो ठुलो खेल हो ।
तेक्वान्दोले एक रजतसहित १४ पदक एसियाली खेलकुदमा जितेको इतिहास छ । तर एसियाली खेलकुदमा नेपालका लागि सबैभन्दा राम्रो नतिजा दिने दोस्रो सफल खेल पछिल्ला तीन संस्करणमा नतिजाविहीन बन्दै आएको छ । सन् २०१० को एसियाली खेलकुदयता नेपाली बक्सरले पदक दिलाउन सकेका छैनन् । लामो समयदेखि तयारी र पछिल्ला समय अन्तर्राष्ट्रिय स्तरमा सुखद नतिजा दिलाएकाले यसपल्ट २०औँ एसियाली खेलकुदमा नेपाली बक्सिङले पदक जित्ने आशा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)