दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव
barnanmedia.com · Sat Aug 15 07:15:34 GMT 2026

दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यले उत्तर कोरियासँग वार्ताका लागि प्रस्ताव गर्नुभएको छ । उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै रुससँगको सैन्य सम्बन्ध विस्तार गरिरहेका बेला राष्ट्रपतिको यस्तो प्रस्ताव आएको हो ।
दुई कोरिया प्राविधिकरूपमा अझै युद्धकै अवस्थामा छन् । सन् १९५०-५३ को कोरियाली युद्ध शान्ति सम्झौतामार्फत नभई युद्धविरामबाट अन्त्य भएको थियो । जापानी औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको हो । “आउनुहोस्, एक–अर्कालाई धम्की दिने मनसाय त्यागौँ र युद्धमा प्रत्यक्ष सङ्लग्न पक्षका रूपमा लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न वार्ता सुरु गरौँ,” लीले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)