सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ
ratopati.com · Sat Aug 15 07:26:14 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूलन गराउने क्षमता बढाउनुपर्ने बताए । विशेष गरी १६ देखि २७ वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै उनले यसको समाधानका लागि खुला संवाद, रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने धारणा राखे । आफू युवा मन्त्री रहँदा पनि युवा केन्द्रित कार्यक्रमका जोड दिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)