उच्च अदालत पाटन बारमा मतदान जारी
khabarhub.com · Sat Aug 15 07:37:34 GMT 2026

काठमाडौं – उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत बार एसोसिएसनको कार्यसमितिको आज मतदान भइरहेको छ । उक्त निर्वाचनमा बृहत् प्रगतिशील तथा पेसागत समूह, डेमोक्रेटिक लयर्स एसोसिएसन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार विद्युतीय प्रणालीबाट मतदान भइरहेको छ । अहिलेसम्म ३०० कानुन व्यवसायीले मतदान गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)