टेलिकमको खुद मुनाफा खुद मुनाफा ८ अर्ब ८६ करोड नाघ्यो
lokaantar.com

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन आय, मुनाफा र प्रतिशेयर आम्दानीमा उल्लेखनीय सुधार आएको छ।
विवरणअनुसार यस आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको कुल सञ्चालन आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ (अर्थात् ३.१२ प्रतिशत) ले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)