कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता
barnanmedia.com · Sat Aug 15 07:28:19 GMT 2026

कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ ।
कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा दुई तिहाइ भन्दा मानिसहरुको मृत्यु भएको बताएका छन् । घाइतेहरूमध्ये आधाभन्दा बढी प्रमुख सहरी केन्द्रहरूमा रहेको जनाउँदै अधिकारीहरुले पेरेरामा उद्धार टोलीहरू एउटा क्षतिग्रस्त होटलको भग्नावशेषमुनि फसेका चार जनाको उद्धार गर्नको लागि तैनाथ रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)