तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह
canadanepal.com · Sat Aug 15 07:47:55 GMT 2026

भद्रपुर (झापा) - कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब रु दुई करोड ५० लाख खर्च गरेर निर्माण गरिएको विद्युतीय शवदाह गृह लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भए पनि कनकाई नगरपालिकाले शवदाह गृहको औपचारिक जिम्मेवारी बुझिसकेको छैन ।
सञ्चालनका लागि आवश्यक केही पूर्वाधार पूरा नभएको तथा विद्युत्को भोल्टेजमा समस्या देखिएपछि नगरपालिका तत्काल शवदाह गृह बुझ्ने पक्षमा नरहेको हो । कोशी प्रदेश सरकारअन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कनकाई नगरपालिका र दाताको संयुक्त लगानीमा शवदाह गृह निर्माण गरिएको हो । निर्माणपछि परीक्षणका क्रममा केही शव विद्युतीय प्रणालीबाट दहन गरिएको कनकाई घाट समितिका महासचिव गोपाल खरेलले दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)