बसपार्कमा गाडी पार्किङको विषयमा खुकुरी प्रहार : चार जना घाइते, तीन आरोपी पक्राउ
ratopati.com · Sat Aug 15 08:19:01 GMT 2026

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार बिहान करिब ११ : ३० बजे बसपार्कमा मनहरी गाउँपालिका–१ मकरी बस्ने ३१ वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिहरूबिच गाडी पार्किङलाई लिएर भनाभन भएको थियो । सोही विवाद उग्र बन्दा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)