गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण
khabarhub.com · Sat Aug 15 08:19:48 GMT 2026
गण्डकी – प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा नवीकरण सेवा सुरु गरेको छ । अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोपटक प्रदेशबाटै नवीकरण प्रमाणपत्र प्रदान गरिएको हो ।
योसँगै गण्डकी प्रदेशभित्र सञ्चालित प्रसारण संस्थाको इजाजतपत्र नवीकरणका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताए। प्रेस रजिष्ट्रारको कार्यालयले छुट्टै सफ्टवेयर विकास गरी रेडियो र टेलिभिजनको अनलाइन दर्ता तथा नवीकरण सेवा सुरु गरेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)