रिकापीमा बँदेल उत्सव
nepalnews.com · Sat Aug 15 08:15:03 GMT 2026

अचानक दुई-अढाई किलो बँदेल आइपुग्यो उपहारस्वरूप। फ्रिजरमा चिस्याएर पूरै बरफ बनाएको अवस्थामा आइपुगेको थियो। त्यसपछि बँदेल उत्सव मनाउने निधो भयो र उपहार पाएको केही दिनमा नै आफन्तजन भेला गरी त्यो उत्सव मनाइयो पनि। साह्रै धेरै नपाइने, महँगो र कानुनी अस्पष्टतालगायत कारणले सहरबजारतिर विशेषगरी काठमाडौँमा बँदेलको मासुलाई धेरै महत्त्व दिइन्छ। जातका कारण सुँगुर वा बंगुर खान नमिल्नेहरूका लागि त्यही खालको मासु चाख्ने एउटा अवसर हुने भएकाले पनि अलि बढी नै महत्त्व पाएको होला- बँदेलको मासुले। त्यसैले पनि यसको गजब सिकार हुन्थ्यो।
बँदेलको मासुप्रतिको राजसी मोह बुझेर होला, तत्कालीन सोभियत संघले राजा वीरेन्द्रलाई सन् १९७० को दशकमा केही संख्यामा रुसी जंगली बँदेल उपहार दिएको थियो। ती बँदेल सुरुमा सिकारकै प्रयोजनका लागि गोकर्णको राजकीय जंगल र नागार्जुन दरबार क्षेत्रमा छोडिएको मानिन्छ। हाल यसको संख्या यकिन छैन तर यो त्रिशूली जलाधार क्षेत्रभरि करिब पाँच हजार मिटर उचाइसम्म फैलिइसकेको संरक्षणकर्मीहरूको धारणा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)