बाबुराम भट्टराई भन्छन्- ‘पुराना शक्ति सक्रिय र नयाँ शक्ति अन्योलमा देखिनु गम्भीर संकेत हो’
kendrabindu.com · Sat Aug 15 08:21:46 GMT 2026

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोह भएको एक वर्ष पुग्न लाग्दा मुलुकको राजनीतिक अवस्था थप संवेदनशील बन्दै गएको बताएका छन्। पुराना राजनीतिक शक्तिहरू पुनः सक्रिय हुनु र नयाँ तथा उदीयमान शक्तिहरू स्पष्ट दिशाको अभावमा देखिनु गम्भीर अवस्थाको संकेत भएको उनको भनाइ छ।
भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाह्य रूपमा बढ्दो भूराजनीतिक तनाव र आन्तरिक रूपमा लामो समयदेखि जम्दै आएको आर्थिक, राजनीतिक तथा सामाजिक/सांस्कृतिक असन्तुष्टिले मुलुकलाई थप चुनौतीपूर्ण अवस्थामा पुर्याएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)