देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा पनि विधिअनुसार नचले ‘रेड कार्ड’ देखाइन्छ
nepalpress.com · Sat Aug 15 08:24:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खेलजस्तै पार्टी पनि विधि अनुसार चल्नुपर्ने बताएका छन्। झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खेलकै नियमलाई राजनीतिले अङ्गीकार गर्यो भने राजनीति पनि स्वस्थ हुने बताए।
उनले भने, ‘खेलको मैदानमा कसैले गल्ती गर्नुहुन्छ, पहेँलो कार्ड देखाइन्छ। फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ। त्यसैले राजनीतिमा पनि हामीले गल्ती गर्यौँ भने हामीलाई पहेँलो कार्ड देखाइन्छ, रेड कार्ड देखाइन्छ भन्ने कुराको चेतना राजनीतिज्ञहरूले राख्नुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)