कांग्रेसको नयाँ विधान अवधारणामा के–के छन् परिमार्जन ?
ratopati.com · Sat Aug 15 08:33:16 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्षले पार्टीको साङ्गठनिक संरचना र सञ्चालन प्रक्रियालाई समयसापेक्ष, समावेशी र प्रविधिमैत्री बनाउन विधान संशोधनको तयारी गरेको छ । राष्ट्रिय भेलामा प्रस्तुत ‘नेपाली कांग्रेसको विधान संशोधन अवधारणा पत्र’ मा पार्टीलाई थप चुस्त, गतिशील र जनउत्तरदायी बनाउन विभिन्न रणनीतिक प्रस्ताव अघि सारिएका छन् । कानुन तथा विधान समितिका संयोजक रमेश लेखकद्वारा प्रस्तुत अवधारणा पत्रमा विशेष गरी आन्तरिक लोकतन्त्र सुदृढीकरण, युवा तथा विशेषज्ञको प्रतिनिधित्व र उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी बनाउने विषयमा जोड दिइएको छ ।
नेपाली कांग्रेसले स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र र समाजवादको विचारबाट निर्देशित हुँदै नागरिक स्वतन्त्रता र मौलिक अधिकारको रक्षामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको लेखकले स्मरण गराएका छन् । वि.सं २००७ को युगान्तकारी परिवर्तनदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका ऐतिहासिक मोडहरूमा पार्टीले खेलेको भूमिका चर्चा गर्दै उनले अब पार्टीका संरचनाहरूलाई आधुनिक युगको मागअनुसार रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)