ग्यास वितरणको अनुगमन गर्न ‘द्रुत प्रतिकार्य टोली’ गठन
ratopati.com · Sat Aug 15 08:44:31 GMT 2026

दमौली । तनहुँमा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा गठित टोलीमा रेग्मीसहित नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ तनहुँका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुँका अधिकृत प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)