बोलबम यात्रामा दुर्घटनामा परी मृत्यु भएका दम्पतीको दाहसंस्कार, बालकको शव अस्पतालमा
ratopati.com · Sat Aug 15 08:48:28 GMT 2026

रौतहट । भारतको झारखण्डमा सवारी दुर्घटनामा परी मृत्यु भएका रौतहटका दुई तीर्थयात्री दम्पतीको शनिबार दाहसंस्कार गरिएको छ । दुर्घटनामा मृत्यु भएका एक बालकको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ।
बोलबम यात्राका लागि रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीबाट भारतको बाबाधाम गएका तीर्थयात्री सवार बस शुक्रबार बिहान झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो। भारतमा पोस्टमार्टमपछि मृतकका आफन्तले शनिबार बिहान करिब ८ ः३० बजे शव नेपाल ल्याएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)