म विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चको न्यायपछि पार्टी मिल्छ : शेरबहादुर देउवा
onlinekhabar.com · Sat Aug 15 09:29:23 GMT 2026

३० साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । शनिबार महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका केही पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताउँदै अब सर्वोच्च अदालतबाट न्याय भएपछि पार्टी मिल्ने दाबी गरेका हुन् ।
‘सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ । विशेष अधिवेशनको पक्षमा म थिइनँ, मैले मानेको पनि होइन,’ देउवाले भने, ‘त्यसको खिलाफमा हामीले मुद्दा दिएका छौं । त्यसको पुनरवलोकन नभएसम्म धेरै बोल्नु हुँदैन । मलाई विश्वास छ, त्यसमा न्याय मिल्छ । अनि पार्टी एकता हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)