५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन
khabarhub.com · Sat Aug 15 10:07:58 GMT 2026

दाङ – यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८ करोड ५३ लाख ७९ हजार ४५९ राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट ४२ करोड तीन लाख ४१ हजार ९३५ राजस्व संकलन भएको हो ।
चालक अनुमतिपत्रबाट १० करोड ९५ लाख १६ हजार २९१, आयकरबाट तीन करोड ६६ लाख २१ हजार ७५, बाँकी पटके कर, जाँचपासलगायत विभिन्न शीर्षकबाट संकलन भएको उनले बताए। सूचना अधिकारी शर्माका अनुसार कार्यालयले आव २०८१-८२ मा ५४ करोड राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलना बितेको आर्थिक वर्षमा बढी राजस्व संकलन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)