म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला
khabarhub.com · Sat Aug 15 10:47:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
शनिबार आयोजित संस्थापनइतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले उक्त भेला नयाँ पार्टी गठनका लागि आयोजना नगरिएको बताए। उनले समयअनुसार पार्टी र विचारलाई परिमार्जन गर्दै लैजान यस्ता भेला आवश्यक हुने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)