पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता
khabarhub.com · Sat Aug 15 10:51:04 GMT 2026

कास्की – पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् ।
पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरी पोखरा-२६ सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रोपावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी १४-१५ वर्षका दुई जना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)