महतको आर्थिक प्रस्ताव- उत्पादन र रोजगारीमा निजी क्षेत्रको अगुवाइ, राज्य नियामक
onlinekhabar.com · Sat Aug 15 10:55:15 GMT 2026

३० साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आर्थिक समृद्धि र गुणस्तरीय रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उत्पादनको अगुवाइ दिने प्रस्ताव गरेको छ । त्यसमा सरकार सहयोगी र उत्प्रेरक भूमिकामा सीमित हुनुपर्ने इतर समूहले आर्थिक नीति अघि सारेको हो ।
कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको बन्दसत्रमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ नामक प्रस्तावमा ‘प्रजातान्त्रिक समाजवाद’को मूल लक्ष्यलाई कायम राख्दै बदलिँदो आर्थिक, सामाजिक र भूराजनीतिक परिवेशअनुसार नीतिगत कार्यदिशा परिवर्तन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)