‘बिक्रेताले नाम टिप्न पनि मान्दैनथे, ग्यास पाउँदा खुसी छौँ’
nepalpress.com · Sat Aug 15 10:56:54 GMT 2026

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ जडीबुटी बस्ने तारा तामाङले एलपिजी ग्यासको अभाव झेल्दै आइरहेका थिए। उनले आफ्नो घरनजिकैको ग्यास बिक्रेताकहाँ पटकपटक नाम टिपाउन जाँदा पनि सिलिण्डर लिन सफल भएनन् ।
तर, आज नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न कम्पनीले बबरमहलस्थित पुरानो जिप्रका परिसरमा ग्यास वितरण गरेको थाहा पाएपछि यहाँ पुगेकी उनले ग्यास पाउँदा राहतको महसुस गरेको बताए । “ग्यासका लागि धेरै भौतारिँदै हिँडियो। जडीबुटी आसपासका ग्यास बिक्रेताले नाम टिप्नसमेत मान्दैनथे,” उनले भने, “कम्तीमा यहाँ एक थान भरि सिलिन्डर पाउँदा पनि ठूलो राहतको महसुस भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)