सञ्चारमन्त्री डा.तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन
ratopati.com · Sat Aug 15 11:14:05 GMT 2026

त्रिशूली । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गरेका छन् । अवलोकनपश्चात् पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थान्तरण, अवरुद्ध बनेका सडक, खानेपानी, विद्युत् सेवा सञ्चालन हुने प्रबन्ध मिलाउन मातहतका निकायलाई सञ्चारमन्त्री डा.तिमिल्सिनाले निर्देशन दिए ।
उनले सूर्यगढी गाउँपालिका–१ स्थित सेमराङभिरमा गएको पहिरो र त्यसबाट जोखिममा परेका बस्तीको जानकारी लिएपश्चात् वडा नं २ स्थित फटपुर र पहरेथोकमा गएको पहिरोको अवलोकनसहित यसका कारण जोखिममा परेका बस्ती, अवरुद्ध भएको सडक आवागमन, विद्युत् सेवा, ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको अवलोकन–निरीक्षण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)