पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता
canadanepal.com · Sat Aug 15 11:10:00 GMT 2026
कास्की - पोखरामा विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन्।
पोखरा–१४ स्थित विजयबस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ को सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिकै अन्दाजी १४–१५ वर्षका दुई बालकलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। बेपत्ता बालकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)