मन सिलाउने ‘सियोधागो’
nepalnews.com · Sat Aug 15 11:15:38 GMT 2026

जिजीविषा! अत्यन्तै गहिरो अर्थ बोकेको ‘जिजीविषा’ शब्दले हप्ताभरि मनमा स्पर्श गरिरह्यो।
२८ जुनमा अमेरिकाको मेरिल्यान्डमा आयोजित नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तिम दिन सियोधागो पुस्तकको विमोचनका क्रममा लेखक प्रदिप परियारले भने, ‘मलाई सबैभन्दा मन पर्ने शक्तिशाली शब्द हो, जिजीविषा। यो शब्द नभइदिएको भए मेरो यात्रा उहिल्यै समाप्त भइसक्थ्यो। यसले मलाई जस्तै कठिन परिस्थितिमा पनि बाँच्न, लड्न र अगाडि बढ्ने शक्ति दियो। इतिहासमा सबै गुमाएर पनि दलितहरूको जिजीविषा मरेको थिएन। अर्थपूर्ण जीवन जिउने उत्कट चाहनाको बलमा मात्रै पनि दलितहरू जीवित छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)