उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा धाँधली भएको आरोप
ratopati.com · Sat Aug 15 11:44:01 GMT 2026

काठमाडौँ । आज भएको उच्च अदालत बार एसोसिएसन, पाटनको निर्वाचन धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी तथा स्वतन्त्र र निष्पक्ष नभएको भन्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चले आपत्ति जनाएको छ । मञ्चका कार्यवाहक अध्यक्ष हरिचन्द्र भट्टराईले विज्ञप्ति जारी गर्दै वारको निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै आपत्ति जनाएका हुन् ।
मञ्चले जारी गरेको विज्ञप्तिमा कानुन व्यवसायीहरूको पेसागत हक, स्वतन्त्रता, मर्यादा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने जिम्मेवारी बोकेको बार संस्थाकै निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वसनीय हुनुपर्नेमा निर्वाचनसम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको, अनधिकृत व्यक्तिहरूको संलग्नतामा निर्वाचन सञ्चालन गरिएको तथा सम्बन्धित कानुन व्यवसायीहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य गरिएको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)