‘संविधान संशोधन सत्ता समीकरण फेर्ने हतियार नबनोस्’
ratopati.com · Sat Aug 15 11:53:12 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले संविधानको रक्षा गर्नुको अर्थ यसमा कुनै पनि सुधार नगर्नु नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधान एक जीवित राजनीतिक दस्तावेज भएकाले अनुभवका आधारमा यसलाई परिमार्जन गर्न सकिने बताएका हुन्।
नेता साउदले संविधान कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक कठिनाइ, संस्थागत कमजोरी र राजनीतिक अनुभवका आधारमा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिएका छन् । तर यस्तो सुधार वा संशोधन सत्ता समीकरण परिवर्तन गर्ने हतियार वा कुनै दलको तत्कालीन राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बन्न नहुने उनको तर्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)