इन्डोनेसियामा भूकम्पः मृतकको संख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाको खोजी जारी
kendrabindu.com · Sat Aug 15 11:52:04 GMT 2026

इन्डोनेसिया। फ्लोरेस टापु नजिक शनिबार शक्तिशाली भूकम्प गएपछि उद्धारकर्मीले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीका अनुसार भूकम्पका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
इन्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहार्यान्तोले भूकम्पमा परेका १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको तीमध्ये दुई जनाको स्वास्थ्य गम्भीर अवस्थामा रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)