दुई तिहाइको सरकार कामचलाउ मात्रै भयो : शशांक कोइराला
nagariknews.nagariknetwork.com · Sat Aug 15 12:01:47 GMT 2026

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार दुई तिहाइ बहुमत प्राप्त भए पनि प्रभावकारी काम गर्न नसकेको बताएका छन्।
शनिबार काठमाडौंमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै डा कोइरालाले सरकारले हालसम्म कुनै ठोस तथा जनपक्षीय काम गर्न नसकेको बताए। उनले बहुमत हुँदाहुँदै पनि सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)