कांग्रेस इतर पक्षको सांगठनिक संरचना बदल्ने प्रस्ताव, युवालाई २० प्रतिशत प्रतिनिधित्व
kendrabindu.com · Sat Aug 15 12:44:48 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा पार्टीको सांगठनिक संरचनालाई समयानुकूल बनाउने उद्देश्यले विधान संशोधनको प्रस्ताव प्रस्तुत गरिएको छ। प्रस्तावमा पार्टीका तल्लो तहदेखि केन्द्रीय संरचनासम्म पुनर्संरचना गर्दै संगठनलाई थप प्रभावकारी, समावेशी र प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकता दिइएको छ।
नेता रमेश लेखकको संयोजकत्वमा रहेको कानुन तथा विधान समितिले तयार पारेको प्रस्तावमा पार्टीका विभिन्न तहका समितिमा युवाको प्रतिनिधित्व बढाउने व्यवस्था अघि सारिएको छ। प्रस्तावअनुसार टोल, वडा, गाउँ, नगर र जिल्ला कार्यसमितिमा १८ देखि ३५ वर्ष उमेर समूहका युवाका लागि कम्तीमा २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)