मुस्ताङमा अवैध मालवस्तु बोकेको आशङ्कामा आठ वटा कन्टेनर नियन्त्रणमा
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट अवैधरूपमा मालवस्तु ओसारपोसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ।
कोरला नाकादेखि जोमसोमतर्फ शङ्कास्पद रूपमा मालवस्तु ल्याइँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले सदरमुकाम जोमसोम लगायत कोरला सडकका विभिन्न स्थानबाट ती कन्टेनरहरू नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)