रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु
nepalnews.com · Sat Aug 15 13:27:16 GMT 2026

नुवाकोट। नुवाकोटको टोखा-छहरे खण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ।
नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका ७‚ थानाभञ्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका ८ का ५४ वर्षीया कृष्णमाया प्रजापति (डंगोल) र रामेछापको खाँडादेवी गाउँपालिका २ का ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)