साइबर अपराध र अनलाइन ठगी रोक्न ‘एन्टी स्क्याम सेन्टर’ र ‘एआई सेल’ स्थापना गर्दै प्रहरी
techpana.com · Sat Aug 15 13:58:20 GMT 2026

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, भ्रामक सूचना र साइबर अपराध नेपाल प्रहरीका लागि नयाँ चुनौतीका रूपमा देखा परेको बताएका छन् । यी चुनौतीहरूको सामना गर्न प्रविधिको उच्चतम प्रयोग र विशिष्टीकृत जनशक्ति विकासलाई तीव्रता दिइएको आईजीपी कार्कीले दाबी गरे ।
नेपाल प्रहरीको फेसबुक पेजमा राखिएको भिडिओमा उनले भनेका छन्, “धेरै मानिसलाई सामाजिक सञ्जाल सित्तैमा प्राप्त भएको वस्तु जस्तो लाग्छ, जसको सहज प्रयोगले उत्तेजित हुने र आवेगलाई तत्काल सम्प्रेषण गर्ने प्रवृत्ति बढेको छ । यसले हाम्रो मजबुत सामाजिक सद्भावलाई कतै न कतै खलबल्याएको महसुस हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)