नेपाली महिलालाई नागोया महिला म्याराथनमा सहभागी हुने अवसर
ratopati.com · Sat Aug 15 14:14:12 GMT 2026
काठमाडौँ । जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठुलो महिला मात्र सहभागी हुने म्याराथन ‘नागोया वुमेन्स म्याराथन २०२७’ मा नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन पाउने भएका छन् । प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ ।
गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठुलो ‘अल–वुमन म्याराथन’का रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन २०२७ मार्च १४ (आइतबार) जापानको आइची प्रान्तस्थित नागोयामा आयोजना हुँदैछ । विश्व एथलेटिक्सको ‘प्लाटिनम लेबल रोड रेस’समेत रहेको प्रतियोगितामा विश्वस्तरीय धाविकासँगै पहिलोपटक म्याराथन दौडनेदेखि व्यक्तिगत उत्कृष्ट समयको लक्ष्य राख्ने धाविकासम्मले सहभागिता जनाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)