नेवार समुदाय : संस्कृति, सम्पदा र सभ्यताको जीवन्त धरोहर
ratopati.com · Sat Aug 15 14:15:00 GMT 2026

नेपालमा प्राचीन कालदेखि नै नेवारी सभ्यताको सुरुवात भएको पाइन्छ । नेपालका प्रामाणिक राजा मानदेव (ई.सं. ४६४–५०५) को समयमा नेपालमा नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक र धार्मिक जग बसाल्ने काम भयो । नेवार समुदाय आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा देशकै सबैभन्दा अग्रणी, समृद्ध र प्रभावशाली समुदायमध्ये एक हो ।
नेवार समुदायको ७७ वटै जिल्लामा बसोबास रहेको छ । विशेषगरी नेपालका मुख्य सहरहरू काठमाडौँ, भक्तपुर र ललितपुमा घना बसोबास रहेको पाइन्छ । यसका साथै पोखरा, विराटनगर, धरान, भरतपुरलगायतका प्रमुख सहरमा नेवार समुदायको बाक्लो उपस्थिति छ । काठमाडौँ उपत्यकाको ऐतिहासिक मूलवासी नेवार समुदायलाई नेपाल सरकारले जनजातिका रूपमा वर्गीकरण गरी आदिवासी जनजाति समुदायमा सूचीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)