अब अनलाइनबाटै स्वास्थ्य बीमामा आबद्ध हुन सकिने
barnanmedia.com · Sat Aug 15 14:20:52 GMT 2026

स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै अनलाइनमार्फत नै स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने नयाँ प्रणालीको औपचारिक सुरुआत गरेको छ। नयाँ व्यवस्थाअनुसार अब सर्वसाधारणले बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक (केवाइसी अपडेट) गर्ने जस्ता सम्पूर्ण कामहरू घरबाटै अनलाइनमार्फत गर्न सक्नेछन्।
बोर्डका प्रवक्ता डा. पवनकुमार शाहका अनुसार यसअघि बीमामा आबद्ध हुनका लागि दर्ता सहयोगीकहाँ जानुपर्ने बाध्यता रहे पनि अबदेखि ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अनलाइनबाटै आफैँ फारम भर्ने व्यवस्था मिलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)