‘साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु’
nepalnews.com · Sat Aug 15 14:44:34 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
नूर-गंगा प्रतिभा पुरस्कार गुठीद्वारा आज (शनिबार) काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले साहित्य, कला र संस्कृति राष्ट्रका गहना भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताए। उनले भने, “साहित्य, कला र संस्कृति भनेका देशका गहना हुन्। यस क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न म सधैँ तयार छु।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)