टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा टिपर तोडफोड
ratopati.com · Sat Aug 15 15:31:59 GMT 2026

झापा । झापा गाउँपालिका–४ वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । शनिबार साँझ बाटो काट्दै गरेका साइकलयात्री झापा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय इशनलाल गणेशलाई टिपरले ठक्कर दिँदा मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको थियो । उनको उपचारका क्रममा त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)